मोफसल टुरमा ‘हिजो आजका कुरा’को टिम



पारिवारिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ले शुक्रवारबाट मोफसल प्रचार यात्रा सुरु गरेको छ । अभिनेता सन्तोष पन्त निर्मित तथा साकार पन्त निर्देशित चलचित्रका मुख्य कलाकारहरु शुक्रवार नेपाली चलचित्रको ठूलो बजार मानिने नेपालगन्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गर्नेछन् ।

नेपालगन्जपछि चलचित्रको टिम शनिवार पूर्वको तीन सहरहरु धरान, इटहरी र विराटनगर पुग्ने कार्यक्रम छ । यी तिनवटै सहरको भाटभटेनी सुपरमार्केटमा फिल्मका कलाकारहरु सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव पन्त, बिनय कुइँकेल, अनुष्का अधिकारीसँगै निर्देशक साकार पन्तले दर्शकसँग भेट गर्नेछन् । चलचित्रको प्रचारमा भाटभटेनीले सघाएको छ ।

दोस्रो चरणको मोफसल टूर अन्तर्गत भने पोखरा, चितवन, हेटौंडालगायतका सहरमा पुग्ने योजनामा निर्माण टिम रहेको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाले तयार पारेका हुन् । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह-निर्माता बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र रहेका छन् ।

चलचित्रमा केकी अधिकारी, रिमा बिश्वकर्मा, स्वं. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, सविन शाक्य, निराजनप्रसाद अर्याल, कमला रेग्मी, रिहान केसीलगायतको पनि अभिनय छ । सबै वर्गका दर्शकले हेर्न मिल्ने गरी सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको चलचित्रलाई मोफसलमा एफडी कम्पनी र राजधानीमा आरआर फिल्मस्ले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu