अनुसँग गरे बुद्दि तामाङले विवाह



लोकप्रिय कलाकार बुद्दि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । अहिले कौशलटारको एक पार्टी प्यालेसमा उनीहरुको विवाह समारोह चलिरहेको छ । हाँस्य कलाकार केदार घिमिरे, रंगकर्मी तथा निर्देशक अनुप बराल, कलाकार विजय बराल, निर्माता-निर्देशक अशोक शर्मालगायत बुद्दिको विवाहमा जन्ती गएका थिए ।

३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो । उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन् । परिवारको माध्यमबाट बुद्दि र अनुको भेट भएको हो । बुद्दिले लामो समयदेखि मिडिया र चलचित्रकर्मीबाट विवाह कहिले गर्ने भन्ने प्रश्नको सामना गर्दै आएका थिए । अब, उनी यो प्रश्नबाट मुक्त भएका छन् ।

अभिनयमा पारंगत मानिने बुद्दि ‘हैट’ उपनामले दर्शकमाझ चर्चित छन् । केही वर्षयता उनी हाँस्य चरित्रमा सबैभन्दा बिकाउ कलाकारमध्येमा पर्छन् । उनले ‘छक्का पञ्जा’ र ‘कबड्डी’ सिरिजसँगै ‘मन्त्र’, ‘घामपानी’, ‘नाई नभन्नु ल’, ‘वीर विक्रम’, ‘कृष्ण लीला’ लगायत तीन दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । कमेडी प्रधान चलचित्र त उनीविना अपुरो र अधुरै नै हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu