दयाहाङ राईलाई पुत्रलाभ



लोकप्रिय अभिनेता दयाहाङ राई दोस्रो पटक छोराको पिता बनेका छन् । उनकी श्रीमती बेनुका राईले शुक्रबार बिहान बसुन्धरास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ र बेनुका दोस्रो पटक आमा-बुवा बनेका हुन् ।

दयाहाङले आमा-बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको र शनिवार डिस्चार्ज हुनसक्ने बताए । श्रीमती अस्पताल भर्ना हुँदा दयाहाङ चलचित्र ‘फूलबारी’को छायांकनमा व्यस्त थिए । दोस्रो पटक पिता बन्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । अब उनी केही दिन चलचित्रको छायांकनबाट विश्राम लिएर श्रीमती र बच्चासँग समय विताउने सोचमा छन् ।

२०६५ सालमा दयाहाङ र बेनुका वैवाहिक जीवनमा बाँधिएका थिए भने २०६९ सालमा उनीहरु छोराको आमा-बुबा बनेका थिए । बेनुका पेशाले गायिका हुन् । पहिलो सन्तानको जन्मपछि भने उनले घर-परिवार नै सम्हाल्दै आएकी छन् । दयाहाङ आफूलाई चलचित्रमा अगाडि बढ्ने श्रीमतीको सधैं साथ र सहयोग रहँदै आएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu