‘प्रेमगीत ३’को बारेमा बोर्डको ६ बुँदे स्पष्टिकरण



चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भाषालाई नेपालमा प्रदर्शनका लागि चलचित्र विकास बोर्डले अवरोध गरेको निर्माताको आरोपबारे बोर्डले स्पष्टिकरण दिएको छ । आइतवार अध्यक्ष भुवन केसीद्वारा जारी ६ बुँदे विज्ञप्तिमा ‘प्रेमगीत ३’को रिलिज प्रक्रियाको बारेमा प्रष्ट पारिएको छ ।

बोर्डले ‘प्रेमगीत ३’को सेन्सर सिफारिसमा प्रक्रियागत ढिलासुस्ती नगरेको र निर्माण कम्पनीले कर चुक्ता प्रमाणपत्र पेश नगरेका कारण सेन्सरमा ढिलाई भएको बताएको छ ।

विज्ञप्तिमा असोज ७ गते शुक्रबार मात्रै बोर्डलाई सिनेमाको करचुक्ता प्रमाणपत्र प्राप्त भएको र त्यसलगतै पुनः स्वरांकनको लागि अनुमति दिइएको उल्लेख गरिएको छ । असोज ९ मा सेन्सर सिफारिसका लागि निवेदन प्राप्त हुनसाथ सेन्सरका लागि सिफारिस गरिएको बताइएको छ ।

‘प्रेमगीत ३’ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएको पनि बोर्डको विज्ञप्तिमा उल्लेख छ । साथै, बोर्डले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका भ्रामक, अतिरन्जित, कपोकल्पित, लान्छनायुक्त विवादास्पद अभिव्यक्ति एवं समाचारप्रति खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu