विदेश यात्रा निकिँदै ‘ऐना झ्यालको पुतली’



काठमाडौँ । नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘ऐना झ्यालको पुतली’ हलमा तेस्रो हप्ता चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको चलचित्रले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ । देशमा पाएको प्रतिक्रियाले विदेशमा रहेका दर्शकलाई लोभ्याएपछि अहिले चलचित्र विदेशमा डिमान्डेड भएको छ ।

नेपाली भाषीको बाहुल्य भएका धेरै देशले चलचित्रको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जनाएका छन् । निर्माता आकाश पौडेलका अनुसार चलचित्रको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्रि भएको छ भने जापानमा चलचित्र केही समय अघि नै बिक्रि भइसकेको छ ।

निर्माता पौडेलले अष्ट्रेलिया र न्युजिल्यान्डमा चलचित्र प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् । दुई देशका लागि १५ लाख हाराहारीमा यसको प्रदर्शन अधिकार बिक्रि भएको निर्माता पौडेलले जनाएका छन् । यसैगरी चलचित्र अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन् ।

भर्खरै नेपालबाट ९५ औँ संस्करणको एकेडेमी अवार्ड (अस्कर)का लागि नेपालबाट सिफारिस भएको चलचित्रले नेपालको बक्स अफिसबाट १ करोड हाराहारी ग्रस गरेको छ । बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनौट हुने पहिलो चलचित्रको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित चलचित्रले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड समेत जितेको थियो ।

चलचित्रका निर्माता आकाशसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी हुन् । सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय रहेको चलचित्रमा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu