प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ बन्ने



प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल ‘सहारा’को शुभ मुहूर्तसँगै छायांकन समेत थालिएको छ । सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन् ।

‘सहारा’ एउटा पारिवारिक तथा समाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । यो सिरियलले एउटी विधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पीडा र सहाराको कथा बुनिएकको निर्देशक दाहालले बताए । सिरियलको मुहूर्त कार्यक्रममा ‘लण्डन टु पेरिस’ निर्देशक घनश्याम लामिछानेलगायतका चलचित्रकर्मीको पनि उपस्थिति रहेको थियो ।

‘सहारा’मा निर्मात्री प्रज्ञा जोशीका अलवा आरजे सिंह, सरोज दाहाल, पुर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार श्रीयंका दाहालका अभिनय रहने छ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन र प्रिया नगरकोटीकको श्रृगांर रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu