धिरज र अदितीसँग झुम्मिए पोखरेली दर्शक



असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाबरी’को टिमले मोफसल प्रचार अभियान सकाएको छ । असोज ५ देखि सुरु भएको देश दौडाहा असोज ९ गते आइतवार पोखरा पुगेर पूरा भयो । प्रमोसन टूरमा चलचित्रका अभिनेता धिरज मगर, अभिनेत्री अदिति बुढाथोकी, डेब्यू ब्वाई धिरज नाडकर, कलाकार कमलमणि नेपाल र निर्मात्री पुष्पलता बुढाथोकीलगायत थिए ।

मोफसल दौडाहाको अन्तिम दिन पर्यटकीय नगरी पोखराका क्याम्पसहरुमा दुई धिरज र अदिती पुग्दा विद्यार्थीहरु सेल्फी र अटोग्राफ लिन झुम्मिएका थिए । विशेषगरी धिरज मगर र अदितीको क्रेज देखियो । एक कलेजमा चलचित्रको ट्रेलर देखाउँदै तीनजना कलाकारले ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीतमा नृत्य गरेर मनोरञ्जन पनि दिए ।

पोखरा प्रचारको क्रममा धिरज मगरले आफुहरुले एउटा राम्रो चलचित्र बनाएको र दर्शकलाई हेरिदिन आग्रह गरे । अभिनेत्री बुढाथोकीले लामो समयको अन्तरालपछि दर्शकमाझ पुग्न पाउँदा खुसी लागेको र दर्शकको साउथ पाउने अपेक्षा राखिन् । अर्का अभिनेता धिरज नाडकरले आफ्नो डेब्यू चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।

सुरेन्द्र पौडेलको निर्देशन तथा सम्पादन रहेको ‘बाबरी’मा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायांकनको छायांकन रहेको चलचित्रलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu