पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ पुष २९ मा प्रदर्शन हुने



निर्माता रमेश एमके पौडेलले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार निर्देशक पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर एक पोस्टर सार्वजनिक गर्दै आगामी पुष २९ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् । माघे सक्रान्तिको छेको पारेर प्रदर्शन गर्न लागिएको चलचित्रमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा छन् ।

आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सन्दिप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुनको पनि अभिनय रहेको छ । यो चलचित्रबाट इमीली लामा र दीपिसा केसीले डेब्यू गरेका छन् । पासाङ् लामा निर्माता, सबिर श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘तिम्रो मेरो साथ’को सह-निर्मातामा निरू भण्डारी, अशोक पोख्रेल, सुमन पौडेल, सुधिर पराजुली छन् ।

चलचित्रमा सुवास भुषाल र योगेश काजीको संगीत, रमेश एमके पौडेल र बि. पाण्डेको शब्द रचना, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, शिव ढकालको छायांकन, सबिर श्रेष्ठ र बाबुराम निरौलाको लेखन छ । ब्यांकेटेश इन्टरटेन्मेन्ट र काफिया फिल्मस्ले चलचित्रको वितरण गर्ने जिम्मा लिएका छन् । पुष्प र साम्राज्ञीले यसअघि चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu