‘साकुरा नाईट’ ११ वटा देशमा हुने



काठमाडौं । अष्ट्रेलियामा रहेको डि ब्वाईज ईभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेशनले अष्ट्रेलियाको विभिन्न शहरमा ‘साकुरा नाईट सिजन ५’ आयोजना गर्ने जनाएको छ । राजधानीमा एक कार्यक्रमको बिच फस्टलुक सार्वजनिक गर्दै आयोजकद्धय संस्था कर्पोरेशन र ग्लोबल मिडियाले कार्यक्रमको वारेमा जानकारी दिएको हो । यसअघि नेपाल र जापानमा चार पटकसम्म सफल आयोजना भइसकेको ‘साकुरा नाईट’को सिजन ५ यसपटक ११ वटा देशमा हुने आयोजक संस्था सूर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले बताए ।

अष्ट्रेलियामा ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाईट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलवर्न र पर्थलगायतका शहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डि ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले बताए । अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थाहरुमा डि ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले सम्पूर्ण व्यवस्थापनको तयारी गरेको छ ।

डिसेम्बर १३ तारिकदेखि २१ तरिकसम्म कार्यक्रमको तयारी गरेको साकुरा नाईट सिजन ५ को अष्ट्रेलिया टुर हुने आयोजकले बताइएको छ । अष्ट्रेलियापछि जापान, दुबई, कोरिया, न्युजिल्याण्ड, युरोप, युके, क्यानडा, अमेरिका र नेपालमा पनि साकुरा नाईट सिजन ५ म्युजिकल टुर निरन्तर सूर्य कर्पोरेशनले शुरु गर्नेछ । विश्वभर नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली कला संस्कृतीको संरक्षणका लागि सूर्य कर्पोरेशनले निरन्तर अवार्ड र साकुरा नाईटको आयोजना गरिरहेको कर्पोरेशनका अध्यक्ष लामिछानेले बताए ।

साकुरा नाईट सिजन ५ का लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समिक्षा अधिकारीलगायतका कलाकारहरु रहने आयोजक संस्था कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले साकुरा नाईटमा कलाकारहरुको टिमलाई थपघट गर्दै लानेगरि दुई बर्षको लागि कम्तीमा सम्झौता गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu