कमेडियन हिमेश पन्त रवि लामिछानेको पार्टीबाट चुनाव लड्ने



‘कमेडी च्याम्पियन’ पहिलो सिजनका विजेता तथा कमेडियन हिमेश पन्तले प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न लागेका हुन् ।

धादिङ क्षेत्र नम्बर १ बाट पार्टीले उनको नाम प्रत्यक्षतर्फको उम्मेदवारको रुपमा सिफारिस गरेको हो । उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

पार्टीको धादिङ जिल्ला समितिले केन्द्रमा सिफारिस गरेपछि पन्त उम्मेदवार बनेका हुन् । मंसिर ४ गते संसदीय निर्वाचन हुँदैछ । पन्तले पहिलो पटक अभिनय गरेको चलचित्र ‘वर एण्ड वधु’ आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu