काठमाडौंमा दुई धिरज र अदितीको क्रेज



बडा दशैँको छेको पारेर असोज १४ मा रिलिज हुन लागेको चलचित्र ‘बाबरी’का कलाकारले राजधानीमा दर्शकसँग भेटघाट गरेका छन् । बुधवार नयाँ बसपार्कको लोत्से मल अगाडि आयोजित ‘फ्यान्स मिट एन्ड ग्रिट’ कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । दर्शकसँगको भेटघाटमा चलचित्रका मुख्य कलाकार धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकर उपस्थित थिए ।

आफ्नै आँखा अगाडि चलचित्रका कलाकारहरु देख्दा दर्शकहरुले हुटिङ गरेका थिए । डेब्यु अभिनेता धिरज नाडकरले नेपाली भाषा बोलेरै दर्शकलाई झुमाउन सफल भएका थिए । धिरज मगरको अटोग्राफका लागि युवतीहरुले गरेको तछाडमछाड हेर्न लायक थियो । अदितीलाई ‘आई लभ यू’ भन्ने दर्शकको पनि कमी थिएन ।

भेटघाटपछि मिडियासँगको वार्तामा अदितीले दर्शकको उत्साहले हौसला मिलेको बताइन । ‘हिजो अस्तिसम्म अलि अलि मनमा डर थियो । तर आज दर्शकले देखाएको उत्साह र मायाले हौसला मिलेको छ । उहाँहरु चलचित्र हेर्नको लागि आतुर रहेको पाएँ । शुक्रबारबाट यस्तै किसिमको माया पाउने अपेक्षा गरेको छु,’ उनले खुसी हुँदै भनिन् । त्यस्तै, दुई धिरजले फिल्मप्रतिको दर्शकको उत्साहले आफूहरु उत्साहित रहेको बताए ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यस चलचित्रमा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको चलचित्रमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको लगानी छ । यो चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu