मदनकृष्ण, दीप र संगीताबाट जुनुको ‘जून’ एल्बम सार्वजनिक



काठमाडौ । ब्लुबेरी स्टुडियोको प्रस्तुतीमा गायिका जुनु श्रेष्ठको ‘जून’ एल्बमसंगै यस एल्बमका अफिसियल म्युजिक भिडियोहरु पनि एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौमा एक भव्य कार्यक्रमका बिच प्रमुख अतिथीद्धय वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ, वरिष्ठ हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ र कार्यक्रमका विशेष अतिथी संगीता राणा प्रधानले एल्बमका भिडियोहरु डिजिटल्ली रुपमै विमोचन गरेका थिए ।

‘सुल्तान अफ् स्ट्रिङ्स’ कुशल गीतारबादक, गायक, संगीतकार तथा एरेञ्जर अनिल शाहीको एरेञ्ज तथा संगीत समावेश एल्बम ‘जून’मा जुनुको सबै गीतहरुमा स्वर रहेको छ ।

६ वटा गीत समावेश गीतहरु क्रमश: ‘मेरो चूपचापको अर्थ’, ‘समा याना’, ‘जीगु नुगले’, ‘पछ्याउदै मेरा दिनहरु’, ‘लुमंका जी च्वना’, ‘मन जीगु उई जुल’ बोलको नेपाली तथा नेपाल भाषाको गीतहरु समावेश रहेका छन् । यी गीतहरुको शब्दमा क्रमश: जी शाह, दुर्गालाल श्रेष्ठ, गोबिन्द ह्युमत, सरला श्रेष्ठ र बद्री बेदनाको रहेको छ, भने म्यजिकमा अनिल शाही, दिपेन्द्रमान सिंह र गोबिन्दको रहेको छ । त्यस्तै एल्बमका गीतहरुको एरेञ्ज क्रमशः अनिश शाही र प्रमोद परियारको रहेको छ ।

यो एल्बमको अडियोसंगै भिडियोको काम पनि ब्लुबेरी स्टुडियोले नै निर्माण गरेको हो । कार्यक्रममा एल्बम ‘जून’को लागी बधाई दिदै प्रमुख अतिथीद्धय दीप श्रेष्ठ र मदनकृष्ण श्रेष्ठले ‘सुल्तान अफ् स्ट्रिङ्स’ अनिल शाहीलाई गीतारबादकका रुपमा तारिफ गरेर थाकेनन् । त्यस्तै कार्यक्रममा बोल्दै संगीता राणा प्रधान, प्रकाश शायमी, वियजरत्न तुलाधर लगायतले पनि जुनु र अनिलको तारिफ गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu