लागुऔषध दुर्व्यसनीको कथामा बन्यो ‘सरी मम’



लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सामाजिक कथावस्तुमा बनेको चलचित्रको पोस्टरमा आमा र छोराबीचको सम्बन्धलाई प्रतिकात्मक रूपमा देखाइएको छ । पोस्टरमा सरोज खनाल, सरिता लामिछानेलगायतका कलाकारहरू छाएका छन् ।

चलचित्रलाई नविन बोगटीले निर्देशन गरेका हुन् । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पछिल्लो समय दुर्व्यसनीका घटना बढिरहँदा कुलतमा फसेका युवा-युवतीलाई लक्षित गरि चलचित्रमार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले चलचित्र बनाएको कार्यकारी निर्माता विनोद लामाले बताए । चलचित्रलाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ ।

दशैँ लगत्तै स्थानिय स्तरमा प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै शिक्षा क्षेत्रमा कृयाशिल संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघ लगायतसँगको सहकार्यमा विभिन्न स्थानमा अभियानको रूपमा समुदायस्तरमा चलचित्रको प्रदर्शनी गरिने निर्माण टिमले बताएको छ । चलचित्रको प्रदर्शनीमा नेपाल जेसिजले समेत सहकार्य गरेको छ ।

कार्यकारी निर्माता लामाकै कथा लेखन रहेको चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu