चलचित्र ‘लाखे’को ट्रेलर रिलिज



काठमाडौँ। कार्तिक ११ गते रिलिज हुने नेपाली चलचित्र ‘लाखे’को ट्रेलर सार्वजनिक भएको छ । सस्पेन्स थ्रिलर ट्रेलरमा प्रहरी र अपराधीहरुको लुकामारी देखिन्छ । आइतबार इन्टरनेटमा रिलिज ट्रेलरमा चलचित्रका सबै प्रमुख कलाकारहरुलाई स्थान दिईएको छ ।

यो चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रको प्रस्तुतकर्ता गणेश मल्ल ठकुरी (जिएम), निर्माता सिजन अर्याल र कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् । सिजन अर्यालको कथा रहेको चलचित्रको पटकथा आकाश बरालले लेखेका हुन् भने संवादमा उनलाई अनुप न्यौपानले सघाएका छन् । ‘आरआर फिल्मस्’ले वितरण गर्ने चलचित्रमा दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी र सम्राट बस्नेतकै द्वन्द्व निर्देशन छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu