चैत १० लाई तोकियो ‘म राजेश हमाल’को प्रदर्शन मिति



चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता केदार भुषालले आफ्नो जन्मदिन र बडा दशैंको अवसर पारेर चलचित्रको रिलिज डेट सार्वजनिक गरेका हुन् । चलचित्र आगामी चैत्र १० गतेबाट देशभर प्रदर्शनमा आउने छ । पोस्टरमा एक युवती ट्रकको पछाडि कुद्दै गरेको देख्न सकिन्छ ।

जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका छ भने अभिनेता आर्यन सिग्देल विशेष भूमिकामा छन् । त्यस्तै, राजेश हमलाको आवाजले कथा बोकेको छ ।

चलचित्रका कथाकार जोन योञ्जन हुन् भने पटकथामा जोनलाई सायदले साथ दिएका छन् । आलोक शुक्लाको छायांकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठीको साउण्ड डिजाइन रहेको चलचित्रको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन् । चलचित्रमा दिपक आरजे र कमल रेग्मीको संगीत छ।

किरण कुमार महर्जन सह-निर्माता रहेको चलचित्रमा जीवलाल भुषाल, नविन भुषाल र श्रृषा भुषाल भने कार्यकारि निर्माता हुन् । बर्ड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको चलचित्रलाई फिल्कर आर्ट्सले निर्माण गरेको हो ।

राजेश हमाल केवल सुपारस्टार होइनन् उनी एक भावना हुन् भन्ने ट्यागलाइनमा चलचित्र बनेको हो । निर्माता केदार भुषालले यसअघि निर्माण गरेको चलचित्र ‘कौसिद’ पनि प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu