‘२ नम्बरी’को व्यापार उत्साहजनक



काठमाडौँ। विजया दशमीको बिदा चलिरहेको बेला रिलिज भएको दीपेन्द्र लामा निर्देशित चलचित्र ‘२ नम्बरी’ले पहिलो शुक्रबार र शनिबार उत्साहपूर्ण व्यापार गरेको छ । यो चलचित्रले देशैभर राम्रो व्यापार गरेको वितरक रोहित कट्टेलले पुष्टी गरेका छन् । कति रकम ग्रस गर्‍यो भन्ने तथ्यांक नआईसकेको भएता पनि चलचित्रको व्यापार सुखद रहेको निर्माता किरण नेपालीले बताए । हामीसँग कुरा गर्दै उनले काठमाडौँ उपत्यका बाहिर सोचेभन्दा राम्रो व्यापार गरेको बताएका छन् ।

एक दशकदेखीको सुपरहिट जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाले चलचित्रलाई काठमाडौं र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुले उल्लेख्य शो प्रदान गरेका छन् । असोज ७ गतेदेखि चलिरहेको ‘प्रेम गीत ३’ र असोज १४ गतेको ‘बाबरी’, भारतिय चलचित्रहरु ‘विक्रम वेदा’ र ‘पिएस वान’का बावजूद पनि यो चलचित्रले उल्लेख्य शो प्राप्त गरेको थियो ।

दया र सौगातसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामालगायतको पनि चलचित्रमा अभिनय छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu