मोफसल टूरमा निस्किँदै ‘महापुरुष’ टिम



कात्तिक ११ गतेलाई प्रदर्शन मिति तोकिएको मल्टीस्टारर चलचित्र ‘महापुरुष’को टिमले मोफसल टूर गर्ने भएको छ । प्रमोशनल टूरमा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई रहनेछन् । केही स्थानमा मदनकृष्ण श्रेष्ठ पनि सहभागी हुने सेड्युल रहेको छ ।

प्रमोसनल टूरमा हाँस्य र संगीत सहितको प्रस्तुति रहने कलाकारसँगै कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँले बताए । उनले भने, ‘हामीले मोफसल भ्रमणमा मनोरन्जनात्मक कार्यक्रम तयारी गरेका छौँ । हामी चलचित्रबारे दर्शकलाई विभिन्न प्रस्तुति मार्फत जानकारी दिनेछौँ ।’

उनका अनुसार, ‘मोफसल भ्रमण’ अन्तर्गत असोज २५ माविर्तामोड स्थित वान स्टप मल, असोज २६ इटहरीमा जनताप्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ माहेटौडाको हुप्र चौर, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको अमरपथमारहेको टक्सार कम्प्लेक्स अगाडी र असोज ३० मा पोखराको हलन चोकमा भेटघाट तथा प्रस्तुति हुनेछ ।

‘महापुरुष’मा शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको पनि अभिनय छ । यही चलचित्रबाट अरुण क्षेत्री र अन्जना बराईलीले डेब्यु गर्दैछन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा दीपक बज्राचार्यले छायांकन र मित्र डी. गुरुङले सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा डेब्यू गरेका छन् । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu