पुष १५ मा ‘कौसीद’ प्रदर्शन हुने



कुमार भास्करको निर्देशनमा तयार भएको चलचित्र ‘कौसीद’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार निर्माता केदार भुषालले चलचित्रको एक पोस्टर फेसबुकमा पोस्ट गर्दै पुष १५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि गत जेठ २७ लाई प्रदर्शन मिति तोकिएकोमा विभिन्न प्राविधिक कारण देखाउँदै निर्माण टिमले अनिश्चितकालका लागि प्रदर्शन रोकेको थियो ।

चलचित्रले वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोलेको छ । चलचित्रमा ऋचा शर्मा, भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् । केदार भुसालको निर्माणमा तयार भएको चलचित्रको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

चलचित्रको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको चलचित्रमा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन छ । बड पिक्चर्सको ब्यानरमा निर्मित चलचित्रको प्रस्तुतकर्तामा अभिनेत्री ऋचा शर्मा रहेकी छिन् । आर.आर फिल्मसले चलचित्रको वितरण अधिकार लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu