महजोडीको ‘महापुरुष’ ट्रेलर सार्वजनिक



चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार यूट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा बुबा र सन्तानबीचको कथा भनिएको छ । छोराको बिहे गर्ने समयमा बुढ्यौली पिताको अंकुराएको प्रेम र बिहे गर्ने निर्णयपछि आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको ट्रेलरबाट प्रस्ट्याइएको छ । ट्रेलर हेर्दा चलचित्रको कथा हरिवंश आचार्यको वास्तविक जीवनसँग मिल्दोजुल्दो देखिन्छ ।

कात्तिक ११ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय छ । चलचित्रका निर्देशक प्रदीप भट्टराई हुन् ।

समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई ‘महापुरूष’ले व्यंग्य गरेको छ । षट्कोण आर्ट्सको व्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डि. गुरुङको सम्पादन रहेको छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा चलचित्रमा डेब्यू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu