तीन घन्टा कुरेर जब सरोज खनालले अमिताभसँग हात मिलाए…



अभिनेता सरोज खनालले बलिउड अभिनेता अमिताभ बच्चनसँगको भेटले आफूमा अभिनयप्रतिको मोह पलाएको बताएका छन् । बुधवारबाट ८० वर्षमा लागेका अमिताभलाई फेसबुकमार्फत् जन्मदिनको शुभकामना दिँदै अमिताभसँग हात मिलाएपछि आफूमा अभिनयको रुचि पलाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘अस्कल कलेजमा साइन्स पढ्दै थिएँ । तपाईं ‘महान’ चलचित्रको सुटिङ गर्न मल्ल होटलमा आउँदै हुनुहुन्छ भन्ने सुनेर प्राक्टिकल क्लास छोडेर तपाईंलाई हेर्न र भेट्न जबर्जस्ती होटलमा छिरेँ । करिब ३ घण्टाको पर्खाइपछि तपाईं आउनुभयो । सौभाग्यबस्, त्यसदिन तपाईंसँग हात मिलाउने मौका मिल्यो । सायद त्यही बेलादेखि ममा अभिनय गर्ने भूत सवार भएको थियो ।’

सरोज खनालले एसएलसीको परीक्षा विर्सेर अमिताभ बच्चनको चलचित्र ‘बेमिसाल’ हेरेको पनि स्मरण गरेका छन् । ‘म एसएलसीको पहिलो दिनको परिक्षा दिएर बानेश्वरबाट फर्कँदै थिएँ, क्षेत्रपाटीमा ‘बेमिसाल’ नामक चलचित्र भिडियोमा देखाइँदै थियो । भोलिपल्ट म्याथको परीक्षा थियो । म्याथमा म राम्रै थिएँ । मन मानेन, भोलिपल्ट परिक्षा विर्सेर खाजा खान दाइले दिनुभएको २ रुपैयाँ ५० पैसा तिरेर हेर्न बसेँ । डेरामा आएर दाजुको पिटाइ खाएँ । किनकि, दाजु पनि त्यही चलचित्र हेर्न बस्नु भएको रहेछ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu