‘पोइ पर्‍यो बुढो’ बन्ने, दीपेन्द्र लामाले निर्देशन गर्ने



प्रदर्शनरत चलचित्र ‘दुई नम्बरी’का निर्देशक दीपेन्द्र लामा र निर्माता किरण नेपालीबीच नयाँ चलचित्रमा पनि सहकार्य हुने भएको छ । २०७६ सालमा प्रदर्शित शिशिर राणा निर्देशित चलचित्र ‘पोइ पर्‍यो काले’को नेम सिक्वेल ‘पोइ पर्‍यो बुढो’मा उनीहरुले सहकार्य गर्न लागेका हुन् । यतिबेला चलचित्रको स्क्रिप्ट लेखनको काम भइरहेको र फागुनपछि सुटिङ थालिने निर्देशक लामाले बताए ।

‘पोइ पर्‍यो काले’मा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको अभिनय थियो । यसको नेम सिक्वेलमा पूजा भने दोहोरिन सक्ने चर्चा छ । तर, निर्देशक लामाले अहिलेसम्म कुनै कलाकारसँग कुराकानी नभएको बताए । स्क्रिप्ट लेखन सकिएपछि मात्र कलाकार छानिने उनको भनाई छ । ‘पोइ पर्‍यो काले’ सफल भएकाले निर्माता नेपालीले यसको नेम सिक्वेल बनाउन लागेका हुन् ।

दीपेन्द्र निर्देशित चलचित्र ‘दुई नम्बरी’ले यतिबेला बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ । तर, चलचित्रलाई समीक्षकबाट मिश्रित प्रतिक्रिया मिल्दा दर्शकको ठूलो वर्गले भने मन पराएको छ । समीक्षक र दर्शकबाट फरक-फरक प्रतिक्रिया आउनुलाई निर्देशक लामाले सामान्य रुपमा लिएका छन् । उनी ‘दुई नम्बरी’लाई आफूले व्यावसायिक रुपमा सफल हुनकै लागि बनाएको बताउँछन् ।

‘मेरा अघिल्ला तीन चलचित्रमा सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया मिलेको थियो । ‘दुई नम्बरी’मा त्यो आउनु नयाँ कुरा भएन,’ उनले अगाडि भने, ‘मबाट अपेक्षा धेरै भएकाले समीक्षकबाट मिश्रित प्रतिक्रिया मिलेको होला । मैले चाहिँ खासमा यो चलचित्र व्यवसायिक रुपमा सफल हुनकै लागि बनाएको हुँ । चलचित्रमा कमी-कमजोरी भएका छन् तर दर्शकले चाहिँ मन पराएकै पाइयो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu