‘२ नम्बरी’ नाफामा, प्राविधिकहरुलाई बोनस दिइने



प्रदर्शनरत चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । रिलिजको पाँचौ दिन मंगलबार पनि व्यापार उच्च देखिएको छ । देशैभरका मल्टिप्लेक्समा चलचित्र हेर्न दर्शकको उच्च अकुपेन्सी छ ।

चलचित्रका निर्माता किरण नेपालीले आफूहरु नाफामा गैसकेको बताएका छन् । चलचित्रबाट राम्रो मुनाफा कमाउने भएपछि निर्माता किरण नेपालीले चलचित्र निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने भएका छन् ।

उनले भने–‘चलचित्र निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं । चलचित्र हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ ।’ बोनस कति दिने भन्ने अहिले पक्का नभएको उनले बताए । चलचित्रले गर्ने लाइफ टाइम कलेक्शनको आधारमा बोनस दिने उनले बताए ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ । चलचित्रले समीक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको छ । दर्शकले भने चलचित्रलाई मनोरञ्जनको खुराक भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu