मीन भामको ‘चिसो वर्ष’मा छानिए सोनम तोप्देन



चलचित्र ‘कालो पोथी’का निर्देशक मीन भामको निर्देशनमा बन्न लागेको प्रतिक्षीत चलचित्र ‘चिसो वर्ष’मा अभिनेता सोनम तोप्देन छनोट भएका छन् । दुई चरणको अडिसनपछि उनलाई निर्देशक भामले चलचित्रमा चयन गरेका हुन् । दुई वर्षअघि भएको पहिलो चरणको अडिसनमा उनी पहिलो नम्बरमा छानिएका थिए । दशैंअघि भएको फाइनल अडिसनमा उनी चलचित्रका लागि चुनिएको हो ।

चलचित्रमा छनोट भएपछि सोनमले निर्देशक भामको हातबाट दशैंको टीका समेत थापेका थिए । उनले ‘चिसो वर्ष’मा छानिएकोमा खुसी व्यक्त गरेका छन् । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट अभिनेताको रुपमा डेब्यू गरेका सोनम तिब्बतीयन नागरिक हुन् । उनी गायकको रुपमा चर्चित छन् । उनले गाएका हिन्दी गीतका कभर युवापुस्ताले सर्वाधिक रुचाएका छन् ।

‘चिसो वर्ष’ले निर्माण अगावै विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलबाट करोडौंको फन्ड जितिसकेको छ । आगामी पुष-माघबाट छायांकन सुरु हुने चलचित्रले एक तिब्बती महिला पेमाले श्रीमान् खोज्न गर्ने संघर्षको कथा वाचन गर्ने बताइएको छ । उनी गर्भवती हुन्छिन् । श्रीमान् हराएपछि उनी बौद्ध भिक्षु कर्माको साथमा पतिको खोजिमा निस्किन्छिन् र यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu