‘हिजो आजका कुरा’का तीन कलाकार, जसले हेर्न पाएनन् आफ्नै चलचित्र



असोज २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिजो आजका कुरा’ले चलचित्रका दिवंगत तीन जना कलाकारलाई सम्झिएको छ । कलाकारहरु रोहिणी भट्टराई, निरन्जनप्रसाद अर्याल र जयनन्द लामाको यो नै अन्तिम चलचित्र हुन पुगेको छ । अर्याल र भट्टराईको कोरोना संक्रमणका कारण निधन भएको हो भने लामा आफ्नै गाडीमा मृत अवस्थामा भेटिएका थिए ।

अर्याल पूर्व प्रोफसर हुन् । उनले लामो समय पिके, त्रिचन्द्र लगायतका कलेजमा प्रध्यापन गरेका थिए भने ‘भुई मान्छे’ चलचित्रका निर्माता समेत रहेका भट्टराईले हाउस किपिङ्ग कम्पनी चलाउँदै आएका थिए । लामा भने प्रसिद्द कलाकार तथा गायक हुन् । चलचित्रका तीन जना कलाकारलाई गुमाउनु पर्दा आफूहरु दुःखी भएको निर्देशक पन्त बताउँछन् । ‘हिजो आजका कुरा’ तीनै जना कलाकारप्रति श्रद्धासुमन भएको उनले बताए ।

‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलीया, साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा,लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्य, कमला रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ । ‘ए जदौ माया जदौ’ गीतका कारण चर्चामा रहेको यो चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् ।

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको ‘हिजो आजका कुरा’लाई रवि सायमीले खिचेका हुन् । चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । चलचित्रको कथा सन्तोष पन्तकै हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । चलचित्रलाई मोफसलमा एफडी कम्पनी र राजधानीभित्र आरआर फिल्मस्ले वितरणको जिम्मा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu