अमेरिका बस्ने अजयको प्रेममा रिस्ता, चाँडै विवाह गर्ने



अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने तयारीमा जुटेकी छिन् । उनी एक वर्षदेखि अमेरिका बस्नेत अजय सिंह ठकुरीको प्रेममा छिन् । बुधवार चलचित्र ‘हिजो आजका कुरा’को प्रिमियर उनी प्रेमी ठकुरीको साथमा नै पुगेकी थिइन् । यो जोडी यसअघि पनि दुईवटा नेपाली चलचित्रको प्रिमियरमा सहभागी भइसकेको रहेछ । तर, त्यसबेला उनीहरुले मिडियाबाट प्रेम सम्बन्ध लुकाएका थिए ।

‘हिजो आजका कुरा’को प्रिमियरमा भने रिस्ता र अजयको प्रेम मिडियाबाट लुकेन । रिस्ताले पनि एक सञ्चारकर्मीसँग अजयसँगको प्रेम सम्बन्ध स्वीकार गरिन् । रिस्ताले आफूहरु चाँडै विवाह बन्धनमा बाँधिन लागेको जानकारी समेत दिएकी छन् । उनले अजयको धैर्य गर्ने क्षमता अत्यन्त राम्रो लाग्ने बताएकी छन् । उनले आफूलाई खुसीसाथ झेल्न सक्ने मान्छे पाएकोमा खुसी व्यक्त गरिन् ।

अमेरिकाको न्यूयोर्कमा बस्दै आएका अजयले पनि रिस्ताको प्रशंसा गरे । उनले भने- ‘मलाई उनको बोली, बानी व्यवहार र आँखा मन पर्छ । उनको बानी व्यवहार सहन सक्ने छ ।’ रिस्ता र अजयको विवाहको मिति तय नभए पनि यसै वर्ष विवाह हुने सम्भावना प्रवल रहेको जानकारी प्राप्त छ । स्रोतका अनुसार, यो जोडी रीति–रिवाजअनुसार विवाह गर्नुभन्दा अगाडि कोर्ट म्यारिज गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu