प्रदर्शनमा आयो सन्तोष र रमाको ‘हिजो आजका कुरा’



एक समयको चर्चित सिरियल ‘हिजो आजका कुरा’को नाममाथि निर्माण भएको चलचित्र शुक्रवारबाट प्रदर्शनमा आएको छ । सिरियलकै मुख्य कलाकार द्वय सन्तोष पन्त र रमा थपलियाको अभिनय रहेको यो चलचित्रले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जानका लागि केही न केही गुमाउनु पर्ने कथालाई उठान गरेको छ ।

‘माया जदौ’ गीतका कारण प्रदर्शन अगावै चर्चामा रहेको चलचित्रले ठूलो संख्यामा सिंगल थिएटर पाएको छ भने मल्टीप्लेक्सहरुमा पनि सुखद् शोज हात पारेको छ । प्रायः हरेक नेपालीले भोगिरहेको वास्तविक कथामा निर्माण भएका कारण चलचित्रले परिवारिक दर्शक तान्ने अपेक्षा गरिएको छ । दर्शकबाट ‘वर्ड अफ माउथ’ बलियो मिलेको खण्डमा चलचित्रले सफलता हासिल गर्न सक्नेछ ।

साकार पन्त निर्देशित चलचित्रमा सन्तोष र रमासँगै, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, केकी अधिकारी, जेविका कार्की, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्मातामा प्रतिभा पन्त, निर्मातामा सन्तोष पन्त र सकार पन्त छन् भने सह-निर्मातामा बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu