‘चि मुसी चि’मा प्रियंकादेखि ऋचासम्म



हरर थ्रिलर कथामा चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्र टाइटल घोषणा गरिएको हो । चलचित्र आगामी महिनामा रिलिज गर्ने लक्ष्य राखिएको प्रस्ततुकतर्ता अरुण चक्रावर्तीले बताए ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रले नेपालमा हरर थ्रिलर जनरामा एउटा ट्रेण्ड स्थापित गर्ने विश्वास निर्माता चक्रावर्तीको छ ।

चलचित्रको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । नेपाली, बलिउड र हलिउडमा प्राविधिकको समिश्रणमा चलचित्र निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण टिमको छ । चलचित्रमा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu