सौगातको ‘लाखे’ अब कार्तिक १८ मा



सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘लाखे’ अब कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि कात्तिक ११ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको थियो । कात्तिक ११ गते महजोडी अभिनीत चलचित्र ‘महापुरुष’ आउने भएकाले ‘लाखे’ एक हप्ता पछाडि सारेको हो । महजोडीको सम्मानमा चलचित्रको प्रदर्शन सारेको निर्देशक सम्राट बस्नेतले बताए ।

पछिल्लो समय नेपाली चलचित्रको व्यापार राम्रो हुँदै गइरहेकाले एउटै मितिमा दुईटा चलचित्र प्रदर्शन गर्दा दर्शक बाँडिनुका साथै दुवै चलचित्रलाई असर पर्ने भएकाले आफूहरु एकसाता पछि गएको निर्माता डिपी भण्डारीले बताए । उनले भने, ‘अग्रजहरुको सम्मान र सन्तुलित व्यवसायको पद्धती बसाल्नलाई हामी एक साता पछाडि सरेका हौं । यसले दुवै चलचित्रलाई फाइदा गर्ने बिश्वास हाम्रो छ ।’

चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीको अभिनय छ । सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् ।

चलचित्रलाई सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्वन्द्व निर्देशन रहेको चलचित्रका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको चलचित्रकोे पटकथा आकाश बरालले हुन भने संवादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu