कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर चलचित्र ‘लाखे’को आइटम गीत सार्वजनिक भएको छ । आइतवार काठमाडौंको विश्वज्योति हलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘तिम्रो पिरेम’ बोलको गीतमा चलचित्रका मुख्य अभिनेता द्वय अनुपविक्रम शाही र आर्यन अधिकारी नृत्य गर्दै देखिएका छन् भने सौगात मल्ल उनीहरुको गतिविधि निहालिरहेको देखिन्छन् ।

गीतमा हर्कुलस बस्नेत र सदिक्षा कट्टेलको युगल स्वर रहेको छ भने संगीत तथा शब्द रचना गायक बस्नेत स्वयंको छ । पृष्ठभूमि गायनमा सुशान्त गौतम र रुप बहादुरले सघाएका छन् । भिडियोमा सौरभ लामाको छायांकन छ भने सन्देश शाहले सम्पादन गरेका हुन् ।
सम्राट बस्नेतले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारीलगायतको अभिनय छ । चलचित्र एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको हो ।
सिजन अर्यालको कथा तथा निर्माण रहेको चलचित्रको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् भने कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । चलचित्रमा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।