‘नाईँ नभन्नू ल ६’मा अनुभव गेस्ट रोलमा हुने



नाम नै ब्रान्ड बनेको ‘नाईँ नभन्नू ल’को पाँचवटा श्रृंखलाको सफलतापछि अब निर्देशक विकासराज आचार्य छैटौं श्रृंखला निर्माणको तयारीमा छन् । दोस्रो श्रृंखलादेखि नटुटेका कलाकार अनुभव रेग्मी ‘नाईँ नभन्नू ल ६’मा नहुने चर्चा चलेको थियो । उनी हर्लक्क बढेका कारण बाल कलाकारको रुपमा अभिनय गर्न नसुहाउने भएपछि निर्देशक आचार्य उनलाई नलिने निर्णयमा पुगेका थिए । तर, छैटौं सिरिजमा पनि अनुभव नछुट्ने भएका छन् ।

यद्यपि, चलचित्रमा उनको अघिल्ला श्रृंखला झैं मुख्य भूमिका रहने छैन । चलचित्रका लेखक सामिप्यराज तिमल्सिनाका अनुसार, ‘नाईँ नभन्नू ल ६’मा अनुभवको गेस्ट रोल मात्र रहनेछ । यही बिहीवारबाट छायांकन सुरु हुन लागेको चलचित्रमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहनेछ । त्यस्तै, चलचित्रमा योगिशा खत्रीसहित थुप्रै बाल कलाकार रहनेछन् ।

निर्देशक आचार्यसँग मिलेर सामिप्यराजले चलचित्रको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहने ‘नाईँ नभन्नू ल ६’का ९ वटा गीतमा बसन्त सापकोटा, भुपेन्द्र रायमाझीलगायतको संगीत रहनेछ । कात्तिक महिनामा छायांकन पूरा गरेर आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षमा चलचित्रलाई प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu