‘एभरेष्ट नेपाली फिल्म अवार्ड’मा ‘मारुनी’लाई उत्कृष्ट चलचित्रको अवार्ड



निर्मात्री पूनम गौतमले दोश्रो पटक चलचित्र ‘मारुनी’बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड’मा ‘मारुनी’ले उत्कृष्ट चलचित्रको अवार्ड प्राप्त गरेको हो । अवार्ड थाप्नका लागि पूनम पनि अमेरिका पुगेकी थिइन् । यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

समलिङ्गी प्रेम कथामा निर्माण भएको यो चलचित्रले दर्शक र समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो भने व्यापार सन्तोषजनक थियो । पूनमले अवार्ड थापेपछि भनिन्– ‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ । हामी चाँडै अर्को चलचित्र बनाउने तयारीमा छौं । जुरी, आयोजक र दर्शकबाट पाएको प्रतिक्रियाले काममा जोश मिलेको छ ।’

यो चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका थियो । पूनमले आफूहरुले ‘मारुनी २’को बिषयमा पनि विचार गरिरहेको बताइन् । यसअघि यो चलचित्र ‘डी सिने अवार्ड’मा पनि उत्कृष्ट सावित भएको थियो । ‘मारुनी’ अघि गौतमले चलचित्र ‘अझै पनि’को निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu