त्रिकोणात्मक प्रेम बोल्ने ‘मिलन’ ट्रेलर (भिडियो)



तिहार सकिएसँगै कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १ सेकेन्ड लम्बाईको ट्रेलरमा चलचित्रका तीन प्रमुख पात्रहरु कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाको प्रेममा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ ।

युवापुस्ताको प्रेमकथा र वियोग रुचाउने वर्गलाई चलचित्रले आकर्षित गर्न सक्ने देखिन्छ । ट्रेलरको सुरुवातमा समावेश गीतको एक अंशमा कालिन्चोकको दृश्य मनमोहक छ भने केही संवाद मनछुने छन् । टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीलगायतको पनि अभिनय छ ।

काठमाडौं र कालिन्चोकमा छायांकन भएको चलचित्रको निर्मातामा प्रविन थापा रहेका छन् । चलचित्रमा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । यो चलचित्रबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu