भोला अधिकारीको निर्देशनमा ‘ख्याल ख्यालमा’



रंग पत्रकारितामा कलम चलाउदै आएका भोला अधिकारीको लेखन तथा निर्देशनमा हाँस्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सिरियलको प्रोमो युटुबमार्फत रिलिज गरिएको हो ।

समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मक शैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको छ । ट्रेलरमा राजनितिक विषयवस्तुलाई अलिक बढि उठाउन खोजिएको छ । अरु बेला नेताले गाउँ विर्सने तर, चुनावको समयमा गाउँ पस्ने कुरालाई व्यङ्ग्य गरिएको छ ।

निर्देशक भोलाले भने,‘अरु बेला जनतालाई वास्तै नगर्ने नेताको परिपाटी छ । त्यसैको वरिपरीको कथामा सिरियल निर्माण भएको हो ।’ भोलाका अनुसार थोरै कलाकार राखेर सिरियललाई निरन्तरता दिने बताए । यस अघि यहि टिमका भोला र ज्ञानेन्द्र कोइरालाले रमाइलो टेलिभिजनको ‘तितो पिरो’मा सँगै काम गरेका थिए ।

सिरियलमा ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरी, रमा दाहाल, भोला अधिकारी, गितु पराजुली, अर्जन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनिष कोइराला लगायतको अभिनय रहेको छ । सिरियललाई समिर राईले खिचेका हुन भने सम्पादन ज्ञानेन्द्र कोइरालाकै रहेको छ । सिरियलको व्यवस्थापनको जिम्मा कलाकार अर्जुन र गितुले समालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu