‘मोफसल भ्रमण’ सकेर फर्कियो ‘महापुरूष’ टिम



कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरूष’ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पूर्वको विर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलमा रहेका दर्शकहरूसँग प्रत्यक्ष रुपमा भेटघाट गर्दै स्थानीय सञ्चारकर्मीहरूलाई चलचित्रको बारेमा गराइएको थियो ।

मोफसल भ्रमणमा कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, गायक निशान भट्टराई, गायिका रचना रिमाल, गायिका एन्जिला रेग्मी लगायत सहभागी थिए ।

कोरोनाको महामारीपछि दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया अभिनेता आचार्यले दिए । ‘मोफसलका दर्शकहरूबाट भ्रमणमा पाएको मायालाई शब्दमा व्यक्त गर्न सकिँदैन । बढी भन्दा बढी दर्शक भेटेर सद्भाव साटेका छौँ । हाम्रो फिल्म पारिवारिक कथामा आधारित भएकाले स–परिवारलाई निम्तो गरेका छौँ’, उनले भने ।

कार्यकारी निर्मातासँगै कलाकार समेत रहेका रविन्द्र सिंह बानियाँले फिल्मप्रति दर्शक उत्साहित रहेको बताए । ‘हामीले निर्माण गरेको अघिल्लो चलचित्रले दर्शकसँग सम्बन्ध जोड्न मद्दत गरेको छ । ‘महापुरूष’लाई लिएर दर्शक उत्साहित हुनुहुन्छ । टुरले उहाँहरुको मनसाय बुझ्ने मौका पनि दियो ।’ उनले दर्शकसम्म फिल्मको जानकारी पुर्याउन नै ‘मोफसल भ्रमण’ गरिएको बताए ।

चलचित्रमा दुई पुस्ताको प्रेम देखाइएको छ । सन्तानले अभिभावक र अभिभावकले सन्तानसँग चाहने भावनात्मक सम्बन्धलाई लिएर चलचित्र तयार गरिएको छ । चलचित्रमा निर्देशक प्रदीप भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्ट्सको व्यानारमा निर्मित चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्मातामा दिपेश खत्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu