‘कप्टी’को ‘झ्याँई पारौं सोल्टिनी’ गीत सार्वजनिक



भुपेन्द्र गुरुङ निर्देशित चलचित्र ‘कप्टी’को लोक लयमा आधारित ‘झ्याँई पारौं सोल्टिनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र रामकुमार नेपालीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत आश्रम गुरुङको हो । उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, स्मृति बलामी लगायतको अभिनय रहेको गीतको भिडियोलाई चक्र पुलामी मगरले कारियोग्रफी गरेका हुन् ।

आगामी फाल्गुन ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको पहिलो स्पेशल शो बेलायतमा भइसकेको छ, जहाँ चलचित्रले सुखद् प्रतिक्रिया पाएको थियो । निर्देशक गुरुङकै लेखन रहेको ’कप्टी’मा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ, बिनु गुरुङलगायतको अभिनय छ ।

मदन घिमिरेको छायांकन रहेको चलचित्रमा नारायण रायमझी, मेलिना राई, धर्मेन्द्र सेवान, टीका पुन र तारा सिरिस मगरको गायन छ । मोहन कुमार खत्री, प्रेम बहादुर गुरुङ, मिनु लामा र मनिता गुरुङ निर्माता रहेको चलचित्रको सह-निर्मातामा नातीकाजी गुरुङ छन् । ‘कप्टी’ आफ्नै पिताका हत्यारासँगको बदला र जीवन संघर्षमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu