फागुन ५ गतेलाई ‘फूलबारी’को प्रदर्शन मिति घोषणा



यस वर्षको फागुन पहिलो साता तीन नेपाली चलचित्रबीच भिडन्त हुने भएको छ । फागुन ७ गते प्रजातन्त्र दिवस र ९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेकाले फागुन ५ गते शुक्रवारका लागि दुई चलचित्र ‘परदेशी २’ र ‘लण्डन टू पेरिस’ले प्रदर्शन मिति घोषणा गरिसकेको अवस्थामा अब यो मितिमा अर्को मल्टीस्टारर चलचित्र ‘फूलबारी’ पनि प्रदर्शन हुने निश्चित भएको छ ।

रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले मंगलवार फागुन ५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङलगायतको चलचित्रमा मुख्य भूमिका छ । यशोधा फिल्मस्को ब्यानरमा निर्मित चलचित्रको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको चलचित्रलाई अमेरिकी छायाँकार जोस हेरमले छायांकन गरेका हुन् । मनिष ढकाल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा मणीराम पोखरेल छन् । ‘कबड्डी ४’को ऐतिहासिक सफलतापछि निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईबीच सहकार्य भएकाले ‘फूलबारी’ दर्शकमाझ प्रतिक्षीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu