‘हिजो आजका कुरा’को गीतमा छल्कियो ऋचा र दिव्य देवको प्रेम



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘हिजो आजका कुरा’मा समावेश तेश्रो गीत ‘तिमी पहिले’ मंगलबार सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिव्य देव फिचर छन् । प्रेमिल भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर रहेको छ भने हर्कुलसकै शब्द तथा संगीत छ । गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो ।

साकार पन्त निर्देशित चलचित्रले नेपाली युवाको विदेश मोह र त्यसले परिवारसँगै सम्बन्धमा पार्ने प्रभावलाई देखाइएको छ । ‘हिजो आजका कुरा’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा कलाकार पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

चलचित्रमा ऋचा र दिव्य देवसँगै सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, रिमा विश्वकर्मा, स्वं. जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, स्वं. निराजन प्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी, स्वं. रोहिणी भट्टराईलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu