‘प्रसाद २’ : नम्रताको ठाउँमा केकी भित्रिइन्



विभिन्न उल्झनमा पर्दै आएको चलचित्र ‘प्रसाद २’मा अभिनेत्री हेरफेर भएका छन् । स्क्रिप्ट फाइनल भएसँगै नारायणीको भूमिकामा अनुबन्ध भएकी अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो अर्को चलचित्र ‘ग्रहण’का कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा अभिनेत्री केकी अधिकारीलाई चयन गरेको छ । बिहीवार निर्माता र उनीबीच कागजी सम्झौता भएको हो ।

केकीले पहिलो पटक हिट चलचित्रको सिरिजमा काम गर्न लागेकी हुन् । यसकारण पनि ‘प्रसाद २’लाई लिएर उनी उत्साहित छिन् । नम्रताले काम गर्न नभ्याउने भएपछि अभिनेत्रीको खोजीमा निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकीसम्म पुगेका थिए । अन्ततः केकीले यो चलचित्रलाई आफ्नो पोल्टामा पारेकी छन् । अब मंसिरबाट चलचित्रको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।

‘प्रसाद २’मा नम्रता नहुने भए पनि अभिनेता विपिन कार्की भने यथावत् छन् । अब चलचित्रमा विपिन र केकीको जोडी बाँधिनेछ । सुदर्शन थापाको निर्देशन र सुभाष थापाको निर्माण रहने चलचित्रमा अर्पण थापा, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, विशाल पहारीलगायतको पनि अभिनय रहनेछ । चलचित्रको कथा शुशील पौडेलले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu