‘डिसेम्बर फल्स’को पोस्टरमा यस्ता देखिए आर्यन र उपासना



प्रविण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देललाई रिसाहा अवतारमा देख्न सकिन्छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोशाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा प्रस्तुत छिन् ।

महेश आर गुप्ताले छायांकन गरेको चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय छ । रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् । चलचित्रका गीतमा सुशान्त गौतम, प्रतिक पौडेल, दीपक शर्मा र कोशिश क्षेत्रीको संगीत छ ।

लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता राज कुमार भट्ट हुन् । बनिश शाहले सम्पादन गरेको चलचित्रको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । चलचित्रलाई श्रीराम बलाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu