चलचित्र ‘निरमाया’ टिजर र पोस्टर सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘निरमाया’ को पोस्टर र टिजर सार्वजनिक गरिएको छ । नेपाली समाजको यथार्थ कथा बोल्ने बताईएको यस चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन. घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्दी पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगाएतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न प्रदर्शनी आयोजना गरी जनचेतना जगाउने लक्ष्य लिएको प्रस्तुतकर्ता अनन्त प्रसाद तिमल्सिनाले बताए । यो चलचित्रको निर्देशन रमेश कोइरालाले गरेका हुन् । यो चलचित्र निर्माणमा मदानी मुभिज, पदम विश्वकर्मा साहित्य प्रतिष्ठान, चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन संस्थाको सहकार्य रहेको छ ।

परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिनेछ भन्ने भावना बोकेको यस चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको बताईएको छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu