‘तिम्रो मेरो साथ’को पोस्टरमा रोमान्टिक पुष्प र साम्राज्ञी



निर्माता रमेश एमके पौडेलले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक भएको छ । आइतबार तिहारको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह रोमान्टिक अवतारमा प्रस्तुत छन् । पोस्टरमा स्विम सुट लगाएकी साम्राज्ञीलाई पुष्पले आफ्नो अंगालोमा कसेको देख्न सकिन्छ ।

आगामी पौष २९ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्रमा पुष्प र साम्राज्ञीका अलावा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनालको अभिनय छ भने विशेष भूमिकामा कलाकार ध्रुब दत्त छन् । चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली छन् । चलचित्रमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र संवाद रहेको छ । शिव ढकालको छायांकन रहेको चलचित्रमा योगेश काजीको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu