चलचित्र ‘जय हो’ बन्ने, मुख्य भूमिकामा सलोन रहने



चलचित्र ‘जय हो’ निर्माण हुने भएको छ । आगामी माघबाट छायांकनको तयारीमा रहेको चलचित्रको तिहारको अवसर पारेर सोमवार निर्माण घोषणा गरिएको हो । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रको प्रस्ततुकर्तामा शोभित बस्नेत रहेका छन् । सुरेश न्यौपानेले चलचित्रको कथा लेखिरहेका छन् ।

चलचित्रमा अभिनेता सलोन बस्नेत फाइनल भएका छन् भने अर्का एक अभिनेता र अभिनेत्री पनि रहने शोभितले जानकारी दिए । चलचित्रका लागि अन्य चरित्रमा नाम चलेका कलाकारलाई साइन गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रका लागि निर्देशक पनि फाइनल भइसकेका छैनन् । केही दिनमा निर्देशकसहित बाँकी कलाकार छनोट हुने शोभितले बताए ।

चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले संयुक्त रुपमा निर्माण गर्नेछन् । एक्सन-लभस्टोरी कथामा निर्माण हुने यस चलचित्रको एक गीतमा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ भने अन्य गीतमा संगीतकार फाइनल हुन बाँकी रहेको बताइएको छ । काठमाडौं, पोखरा र मुस्ताङमा छायांकन हुने चलचित्रको केही प्रतिशत छायांकन भने अष्ट्रेलियामा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu