‘फूलबारी’मा दयाहाङदेखि विपिनसम्मको यस्तो लुक्स



रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘फूलबारी’का कलाकारहरुको क्यारेक्टर झल्कने तस्विरहरु सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर मंगलवार सार्वजनिक गरिएको तस्विरमा अभिनेता विपिन कार्कीको लुक्स अलग छ । उनी पाको उमेरको पुरुषको रुपमा चित्रित छन् । गालामा गलबन्दी, शिरमा टोपी र आँखामा चस्मा लगाएका उनका दाह्री-जुँगा फुलेका छन् ।

निर्माण टिमले सार्वजनिक गरेको अर्को तस्विरमा विपिन अनुहारमा अविर र गालामा माला लगाएर अभिनेत्री अरुणा कार्कीसँग खुसी मुद्रामा गफिँदै देखिएका छन् । उनको गेटअप हेर्दा चलचित्रमा उनी राजनीतिज्ञको भूमिकामा हुनसक्ने आँकलन गर्न सकिन्छ । अन्य तस्विरहरुमा चलचित्रका कलाकारहरु दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत पनि देखिएका छन् ।

चलचित्रको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको चलचित्रलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् । मनिष ढकाल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu