‘चरी भरर’ गीतमा आमेश र अस्मीको जोडी



गायिका मेलिना राई र गायक दिपक चालिसेको स्वरमा रहेको ‘चरी भरर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर सार्वजनिक गरिएको गीतमा नायक तथा मोडल आमेश भण्डारी र मोडल अस्मी थापा फिचर्ड छन् । भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् ।

सार्वजनिक गीतमा दिलु श्रेष्ठको शब्द रचना र सन्तोष प्रगाढको संगीत रहेको छ । सुजन श्रेष्ठले छायांकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । भिडियोमा प्रविन थापाको कोरियोग्राफी र आर.डि. दुलालको ड्रोन छ । तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu