यस्तो रह्यो कलाकारहरुको भाइटीका (तस्विरसहित)



आज नेपालीहरूको महान् चाड तिहारको अन्तिम दिन भाइटीका । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने गर्छन् । यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ ।

नेपाली चलचित्रका कलाकारहरुले पनि दाजु-भाई र दिदी-बहिनीबाट भाइटीका लगाएका छन् । अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी, पूजा शर्मा, साम्राज्ञी आरइल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, उषा पौडेल, रिमा विश्वकर्मालगायतले आफ्ना दाजु-भाईलाई भाइटीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा साझेदार गर्दै तिहारको शुभकामना समेत व्यक्त गरेका छन् ।

त्यस्तै, अभिनेताहरु अनमोल केसी, दीपकराज गिरी, रमेश उप्रेती, निर्मल शर्मा, सन्दिप क्षेत्री, केदार घिमिरे, संजोग कोइराला, किरण केसी, यश कुमार, शोभित बस्नेतलगायतले दिदी-बहिनीसँग भाइटीका लगाएका तस्विरहरु सामाजिक सञ्जालमा राखेका छन् । दिदी-बहिनीले दाजु-भाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu