पहिलो हप्तामा ‘के घर के डेरा’ले कति कमायो ?



तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘के घर के डेरा’ले पहिलो हप्ता घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । शुक्रवारबाट निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको कलेक्सन रिपोर्टमा चलचित्रले पहिलो हप्ता ३ करोड ६३ लाख कमाई गरेको उल्लेख छ । शुक्रवारबाट यो चलचित्रले दोस्रो हप्तामा प्रदर्शन थालेको छ ।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रले तिहारको विदाको मौकामा आक्रामक कमाई गरेको हो । दोस्रो हप्ताको पहिलो दिन पनि चलचित्रले देशभर हाउसफुल व्यापार गरिरहेको छ । आइतवारसम्म सार्वजनिक विदा भएकाले चलचित्रले व्यापारमा थप उछाल ल्याउने देखिन्छ । निर्माण टिमका अनुसार, चलचित्रको पहिलो हप्ताको व्यापारबाटै लगानी सुरक्षित भएको छ ।

अब्बल चलचित्र बनाउने निर्देशकको रुपमा चिनिएका दीपेन्द्रको ‘के घर के डेरा’लाई समीक्षकले भने कमजोर भनेका छन् । तर, निर्देशक खनाल यो चलचित्र आफूले पैसा कमाउने हिसाबमा बनाएको बताउँछन् । ‘मबाट फरक चलचित्र हेरिरहेकालाई ‘के घर के डेरा’बाट चित्त नबुझ्न सक्ला । म भोलीका दिनमा त्यस्तो चलचित्र पनि बनाउँछु । तर, सधैं त्यस्तो चलचित्र बनाएर टिक्नै नसक्ने भैयो । निर्माता पनि त बचाउनु पर्‍यो,’ उनी भन्छन्, ‘हामीले आफ्नो रहरमा कथा भन्ने भन्दैमा घर-खेत डुबाउनु भएन नि ।’

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ । यो चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu