चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पूरा



प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’को छायांकन पूरा भएको छ । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रको जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथमा ६० प्रतिशत र काठमाडौंमा ४० प्रतिशत छायांकन भएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए ।

डेढ करोडको लागतमा निर्माण भएको चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, बिशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य ,सुरज खालिङ्ग राई,पासाङ्ग टि शेर्पा,सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठलगायतको अभिनय रहेको छ ।

सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको चलचित्रको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा गरिने छ । चलचित्रको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘गोर्खा बिनिथ द ब्रेभरी’ प्रर्दशन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu