‘महापुरूष’को कमाई आक्रामक, दुई दिनमै साढे २ करोड कमायो



प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘महापुरूष’ले आक्रामक कमाईलाई यतावत् राखेको छ । पहिलो दिन एक करोडको ओपनिङ गरेको चलचित्रले दोस्रो दिन डेढ करोड छोप्यो । दुई दिनमै साढे २ करोड ग्रस कमाई गरेको चलचित्रले आइतवार छठको विदामा पनि एक करोड छाप्ने आँकलन छ । किनभने, आइतवार विहानैदेखि देशभरका मल्टीप्लेक्स र सिंगल स्क्रिनहरुमा चलचित्र हाउसफुल छ ।

निर्देशक भट्टराई भन्छन्, ‘चलचित्रले दुई दिनमा २ करोड ५० लाख कमाएको छ । यसको वर्ल्ड अफ माउथमा अझ राम्रो कमाइ भइरहेको छ । हाम्रो लागि त्यो एकदमै ठूलो कुरा हो । हिजो शनिबार कतिपय दर्शक टिकट नपाएर फर्किनु भयो । चलचित्र हेरेका दर्शकले मन पराउनु भएको छ ।’ चलचित्रको कमाईको रफ्तार हेर्दा पहिलो हप्तामै निर्माताको लगानी सुरक्षित हुने देखिन्छ ।

चलचित्रको इनिसियल व्यापार आक्रामक हुनमा तीन ठाउँको प्रिमियरमा मिलेको जबर्जस्त प्रतिक्रिया, बलियो स्टारकास्ट, ट्रेलरले बढाएको कौतुहलता, आक्रामक प्रचारको ठूलो योगदान छ । अब भने चलचित्रले ‘वर्ड अफ माउथ’को आधारमा बक्सअफिसमा आफ्नो यात्रा निश्चित गर्नेछ । चलचित्र हेरेका दर्शकबाट अब्बल प्रतिक्रिया मिलेका कारण चलचित्रले लामो यात्रा गर्ने सम्भावना बलियो छ ।

एकल पिताले सन्तानका लागि गर्ने त्याग र समर्पणको कथामा निर्माण भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली,रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराईलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu