काठमाडौं नयाँ वर्षको अवसर पारेर जापानमा हुन लागेको ‘नयाँ वर्ष धमाका’मा गायकद्वय सुगम पोखरेल र सुनिल सिंह ठकुरीसँगै गायिका मेलिना राईले आफ्नो प्रस्तुति दिने भएका छन् । कर्णालीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने उदेश्यका साथ हन लागेको कार्यक्रम जापानका विभिन्न ६ वटा शहरमा हुनेछन् ।
लाइफ फर फ्रेन्ड्स नामक संस्थाले आयोजना गर्न लागेको कार्यक्रम डिसेम्बर २५ का दिन जापानको टोकियो शहरमा हुनेछ भने ओशाका, नागोया, फुकोउका, ओकिनवा, सिजोउका, सेन्दाईलगायतमा शहरमा हुनेछ । टोकियोमा डिसेम्बर २५ तारिख आइतवारको दिन रोपंगी जेस नाइट क्लबमा कार्यक्रम हुनेछ ।
कार्यक्रमका आयोजक खिम राज शाहका अनुसार कार्यक्रमबाट संकलित रकम कर्णालीका जनताको स्वास्थ्यमा खर्च गरिनेछ । लामो समयदेखि जापान बस्दै आएका शाहको समुहले जापानमा थुप्रै कार्यक्रमको आयोजना गरिसकेको छ ।