‘महापुरुष’को विकेन्ड कमाई ३ करोड ३८ लाख



प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र ‘महापुरुष’ले पहिलो विकेन्ड अर्थात् तीन दिनमा साढे ३ करोड आसपासको कलेक्सन गरेको छ । पहिलो दिन १ करोडको आक्रामक ओपनिङ गरेको चलचित्रले दोस्रो दिन १ करोड ५० लाख छाप्यो । तेस्रो दिन आइतवार चलचित्रले ८८ लाखको कमाई गरेको छ । तीन दिनको कमाई जोड्दा ३ करोड ३८ लाख हुन आउँछ ।

चलचित्रको तीन दिने कमाई आक्रामक हो । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण चलचित्रले सोमबार पनि राम्रो व्यापार गरिरहेको छ । सोमबार चलचित्रको अकुपेन्सी ६० प्रतिशत माथि देखिएको छ । परिवारिक कथा भएका कारण यसले सम्पूर्ण उमेर समुहलाई हलसम्म तान्न सफल भएको छ । हलमा परिवारसहित चलचित्र हेर्नेको संख्या उच्च देखिएको छ ।

समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको चलचित्रलाई दर्शकले भने ‘मास्टरपिस’ भनेका छन् । आमा-बुबा गुमाएका सन्तानहरु चलचित्र हेरेर भावुक हुँदै निस्किएका छन् भने अन्यलाई पनि चलचित्रले उतिक्कै छोएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा धेरै दर्शकहरुले ‘महापुरुष’लाई ‘महा चलचित्र’को समेत संज्ञा दिएका छन् । योभन्दा शक्तिशाली ‘वर्ड अफ माउथ’ चलचित्रका लागि अरु हुन सक्दैन ।

प्रदीप भट्टराई निर्देशित चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली,रविन्द्र सिंह बानियाँ, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याललगायतको अभिनय छ । चलचित्रमा रविन्द्र सिंह बानियाँको कार्यकारी निर्माण र म्याक्स दिपेश खत्रीको निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu